४ आश्विन २०८१, शुक्रबार

दाङको तुलसीपुर उपमहानगरपालिकाको चार वटा वडा कार्यालय एक हप्तासम्मका लागि बन्द

प्रकाशित मिति :  9 November, 2020 2:33 pm


दाङ,२४ कार्तिक ।  

दाङको तुलसीपुर उपमहानगरपालिकाको चार वटा वडा कार्यालय एक हप्तासम्मका लागि बन्द गरिएको छ ।

वडा नम्वर २,५,८ र ९ को वडा कार्यालयलाई एक हप्ताका लागि बन्द गरिएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

वडा नम्वर ८ का वडा सचिवलाई कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरिएको हो भने अन्य वडा कार्यालयहरुलाई कोरोना जोखिम देखिएको भन्दै अति आवश्यक सेवा बाहेक अन्य सवै सेवा एक हप्ता बन्द गरिएको के.सी.ले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !