१९ आश्विन २०८१, शनिबार

पछिल्लो २४ घण्टामा देशभर २,५७१ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  9 November, 2020 5:45 pm


काठमाडौं,२४ कार्तिक ।

पछिल्लो २४ घण्टामा २,५७१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११,१७७ जनाको नमुना परीक्षण गर्दा १,०५१ महिला र १,५२० पुरुषमा कोरोना पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । जमा १,५९,७२४ जना निको भएका छन् भने १,१२६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर ३६,१७४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९,८३६ जना होम आइसोलेसनका छन् भने संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको आईसीयू र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कहाँ कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४२८ संक्रमित थपिएका छन्, जसमा काठमाडौंका ११३६, ललितपुरका २०१ र भक्तपुरका ९१ जना छन् ।

यस्तै कास्कीमा १५१ , मोरङमा १४८, सुनसरीमा ९१, रुपन्देहीमा ८५, कैलालीमा ६६, काभ्रेमा ४७, दोलखा र मकवानपुरमा ४२/४२ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै कपिलवस्तुमा २९, चितवनमा २८, कञ्चनपुरमा २५, पाल्पामा २४, तनहुँमा १८, स्याङ्जामा १७, डडेलधुरामा १५ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । गोरखा र दैलेखमा १३/१३ जना, उदयपुर र धनुषाम १२/१२ जना, सिराहा, नवलपुर, दाङ र दार्चुलाका ११/११ जना तथा पर्सा, डोटी र बाजुराका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी, अछाम र बैतडीका ९/९ जना, नुवाकोट र बाँकेका ८/८ जना, महोत्तरीका ७, सर्लाहीका ६, इलाम, पाँचथर, रौतहट, धादिङ, रामेछाप, सिन्धुली र जुम्लाका ५/५ जना, धनकुटा र गुल्मीका ४/४ जना, ओखलढुंगा, संखुवासभा, बारा, पर्वत र बर्दियाका ३/३ जना, खोटाङ, भोजपुर, लमजुङ, प्युठान र सुर्खेतका २/२ जना तथा तेह्रथुम, रसुवा, म्याग्दी र अर्घाखाँचीका १/१ जनामा पनि संक्रमण देखिएको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !