४ आश्विन २०८१, शुक्रबार

दाङको लमहीमा ४० करोडको लगानीमा ट्रमा सेन्टर बनाउन प्रकृया सुरु

प्रकाशित मिति :  9 November, 2020 6:32 pm


दाङ,२४ कार्तिक ।  

दाङको लमहीमा ४० करोडको लगानीमा ट्रमा सेन्टर बनाउन प्रकृया सुरु भएको छ ।

लम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकाको लमहीमा सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउन टेण्डर आव्हान भएको हो । प्रदेश सरकारको बजेट भाषणमा उल्लेख भए अनुसार ट्रमा सेन्टर निर्माणको प्रकृया अगाडि बढेको हो ।

४० करोडको लागतमा बन्ने ट्रमा सेन्टरमा चार तल्लाको मुख्य भवन हुने छ । जसमा इमर्जेन्सी वार्डदेखि सल्यक्रिया कक्ष, बिरामी भर्ना गर्ने वार्डहरु हुने छन् । यसैगरी कर्मचारी क्वाटर, चिकित्सक क्वाटर, क्यान्टिन भवन समेत बन्ने छ ।



प्रतिक्रिया दिनुहोस !