१९ आश्विन २०८१, शनिबार

ट्रपको नीति उल्टाउँदै बाइडन,अमेरिकामा कोरोना नियन्त्रणका लागि टास्क फोर्स गठन

प्रकाशित मिति :  10 November, 2020 7:46 am


काठमाडौं,२५ कार्तिक ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले चुुनाव जितेलगत्तै आफ्नो ध्यान कोरोना नियन्त्रणमा लगाएका छन् । बाइडनले कोरोना नियन्त्रणका लागि कोभिड-१९ टास्क फोर्स गठन गरेका छन् ।

टास्क फोर्समा तीन जना सह संयोजक र एक जना सदस्य रहेका छन् । टास्क फोर्स गठनपछि बाइडेनले भनेका छन् कि वैज्ञानिक तथा विज्ञहरुको सल्लाह पनि लिइने छ । उनले कोरोना महामारी नियन्त्रणका गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । नवनिर्वाचित राष्ट्रपति बाइडनले भनेका छन् कि आफ्ना लागि सबैभन्दा ठूलो चुनौति बढ्दो संक्रमण नियन्त्रण गर्नु र खोप पत्ता लगाउनु हुने छ ।

बीबीसीका अनुसार बाइडनले बहुमतका लागि इलेक्टोरल कोलेज भोटको आँकडा पार गरिसकेका छन् तर वर्तमान ट्रपले अझै हार स्वीकार गरेका छैनन् र सर्वोच्च अदालत जाने बताइरहेका छन् ।

देशभर गणना गरिएको मत गणनामा ४५ लाख भोटको फरक छ । शनिवार बाइडनको जित भएको घोषणा गरिएको थियो लगत्तै उनले पदको जिम्मेवारी लिनका लागि संक्रमणकालीन कार्य सुरु गरेका थिए ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडन र उप-राष्ट्रपति कलमा ह्रिसले संक्रमणकालिन वेबसाइट सञ्चालन गरेका छन् जहाँ उनीहरुले स्पष्ट पारेका छन् कि कोरोना महामारी नियन्त्रणका साथै अर्थव्यवस्थाको फेरी लयमा फर्कउन, नश्लीय समानता तथा जलवायु परिवर्तनका लागि काम गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !