१९ आश्विन २०८१, शनिबार

देशभर थप २,७३६ जनामा कोरोना संक्रमणको पुष्टि, सबैभन्दा धेरै काठमाडौं उपत्यकामा

प्रकाशित मिति :  10 November, 2020 5:16 pm


काठमाडौं,२५ कार्तिक ।

पछिल्लो २४ घण्टामा देशभर थप २,७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ अनुसार देशभर १२,९६० जनाको नमुना परीक्षण गर्दा १,०५९ महिला र १,६७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । हालसम्म १,९९,७६० जना संक्रमित भएका छन् । जसमा १,६०,५७७ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा २२ जनाको मृत्युसँग १,१४८ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङमा उल्लेख छ ।

देशभर ३८,०३५ जना संक्रिय संक्रमित रहेकोमा २९,७३४ जना होम आइसोलेसनमा छन् । ४०४ जनाको आईसीयू र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकोे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा काठमाडौंका १,१४१, ललितपुरका १९३ र भक्तपुरका ८६ जना छन् । यस्तै चितवनका १६८, काभ्रेका १०१, कास्कीका ९४, झापाका ९३, रुपन्देहीका ८८, सुनसरीका ७८, कैलालीका ५४, मोरङका ४७, दाङका ४५ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

नवलपरासी पूर्वमा ४१, बर्दियाका ३१, गुल्मीका २७, दोलखाका २४, नुवाकोट, पाल्पा र बाँकेका २२/२२ जना, गोरखाका २१, सिन्धुपाल्चोक र स्याङजाका २०/२० जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै बाराका १९, कञ्चनपुरका १८, धनुषा र सप्तरीका १६/१६ जना, नवलपरासीका १५, सिराहाका १४, महोत्तरीका १३, मकवानपुरका १२ तथा धनकुटा, सर्लाही, कपिलवस्तुका ११/११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङमा उल्लेख छ ।

रोल्पा र बझाङमा १०/१० जना, सिन्धुलीमा ९, लमजुङ र बाग्लुङमा ८/८ जना, तनहुँमा ७, धादिङ, रामेछाप र पर्वतमा ६/६ जना, उदयपुर, ओखलढुंगा, पर्सा र दैलेखका ५/५ जना कोरोना संक्रमित थपिएका छन् ।

रौतहट, म्याग्दी, अर्घाखाँची, प्यूठान, सुर्खेत र डडेलधुरामा ४/४ जना कोरोना संक्रमित थपिदा खोटाङ, पाँचथर, भोजपुर, अछाम, दार्चुला र बैतडीका ३र३ जना, इलाम, तेह्रथुम र सल्यानका २/२ जना तथा ताप्लेजुङ, रुकुम पूर्व, हुम्ला र डोटीका १/१ जनामा पनि संक्रमण देखिएको स्वास्थय मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !