४ आश्विन २०८१, शुक्रबार

सुल्झिएन अझै पीडित पत्रकारका समस्या, ‘ठूला सञ्चार गृह’मा महासंघको अगुवाईमा धर्ना

प्रकाशित मिति :  11 November, 2020 3:38 pm


काठमाडौं,२६ कार्तिक ।

कोरोनाको संकट देखाउँदै कामबाट निकालिएका पत्रकारको अझै समस्या समाधान नभएको छैन । पटक पटक आन्दोलन धर्ना र अनसन बस्दा समेत काठमाडौंमा रहेका ठूला भनिएका सञ्चार गृहले अहिलेसम्म पीडित पत्रकारको माग सम्बोधन गरेका छै्रनन् ।

पटक पटक आग्रह गर्दा पनि माग सुनुवाई नभएपछि नेपाल पत्रकार महासंघको अगुवाईमा ‘ठूला सञ्चार गृह’ मा धर्ना दिइएको छ । कोरोना महामारीका बीचमा पत्रकारहरूलाई विभिन्न बहानामा अझै तलब भत्ता उपलब्ध नगराएको भन्दै महासंघले आन्दोलनस्वरूप धर्ना दिएको हो ।

कोरोना महामारीको बहानामा निस्कासित पत्रकारहरुको स–सम्मान पुर्नबहाली हुनुपर्ने, यसबीचको तलब–भत्ता उपलब्ध गराउनुपर्ने, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्नुपर्ने, नियमित पारिश्रमिक उपलब्ध गराउनुपर्ने र घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पाँच दिने अल्टिमेटमसँगै धर्नाको कार्यक्रम गरिएको महासंघले जनाएको छ ।

 

धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समस्याग्रस्त सञ्चारगृहका सञ्चालककसँग पटक(पटक औपचारिक अनौपचारिक छलफल गर्दा पनि पत्रकारका माग पुरा नगरेको भन्दै महासंघ आन्दोलन गर्न बाध्य भएको बताएका छन् । माग पुरा नहुँदासम्म आन्दोलन नरोकिने बताए ।

यसअघि पीडित पत्रकारहरुले पाँच दिनसम्म बानेश्वरमा रिले अनसन गरेका थिए भने मिडिया हाउसहरुमा धर्ना दिनएका थिए । तर, अहिलेसम्मपनि पत्रकारहरुको माग पुरा भएको छैन । अन्नपूर्ण पोष्ट, कारोबार दैनिक,राजधानी दैनिकमा बिहान ११ बजेदेखि १ बजेसम्म महासंघले धर्ना दिएको हो ।

सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस !