१९ आश्विन २०८१, शनिबार

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, १,१७४ जनाको मृत्यु

प्रकाशित मिति :  11 November, 2020 4:46 pm


काठमाडौं,२६ कार्तिक ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ पछिल्लो २४ घण्टामा २,५६९ जना संक्रमित थपिलएलगत्तै अहिलेसम्म कोरोना संक्रमितको संख्या २,०२,३२९ पुगेको हो ।

संक्रमित मध्य १,१७४ जनाको मृत्यु भएको छ भने १,६२,२४३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १,६६६ जना संक्रमणमुक्त भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३८,९१२ संक्रिय संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस !