४ आश्विन २०८१, शुक्रबार

नेपाल लाइफद्धारा तिहार गीत सार्वजनिक, कर्मचारीले तयार पारेको गीतमा बीमा सम्वन्धि जनचेतना

प्रकाशित मिति :  12 November, 2020 8:14 am


काठमाडौं,२७ कार्तिक ।

यो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्वन्धी जनचेतना जगाउने उदेश्यसहित तयार पारेको गीत सार्वजनिक गरेको छ । कम्पनीको ‘इनहाउस टिम’ले शब्दहरुलाई संगीत संयोजन गरी यो शुभकामना गीत तयार गरेको हो।

स्वर्गझैँ सुन्दर नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर स्वतन्त्र भएर नाच्दै गाउँदै सबै रमाऊँला जस्ता उत्प्रेरणा समेत यस गीतले दिने कम्पनीले जनाएको छ। तिहार शुभकामना गीत मेघेन्द्रप्रकाश गिरीको शब्द तथा रचनामा मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा स्वर दिएका छन्।

गीतमा संगीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ। त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन्। गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने शब्द छ। आफू शिक्षित र समृद्ध हुन तथा सन्ततिको उज्ज्वल भविष्यका लागि नेपाल लाइफमै जीवन बीमा गरी सन्ततिको भविष्य पनि उज्ज्वल बनाउन उक्त गीतमार्फत सुझाइएको छ।

त्यस्तै, हिमाल, पहाड, तराईदेखि नै नेपाल लाइफको झण्डा फहराई कर्मचारी, अभिकर्ता सबैले एक जुट भएर ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ अभियानलाई अघि बढाउँदै सेवा दिन पनि आह्वान गरिएको छ। जनचेतनामूलक गीतका केही अंश :

‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल,
सगरमाथाझै उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल…।’



प्रतिक्रिया दिनुहोस !