१९ आश्विन २०८१, शनिबार

अर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौतापछि नगोर्नो र काराबाखको विवादित क्षेत्रमा रुसको शान्ति सेना तैनाथ

प्रकाशित मिति :  12 November, 2020 9:00 am


काठमाडौं,२७ कार्तिक ।

अर्मेनिया र अजरबैजानबीच भएको शान्ति सम्झौतापछि नगोर्नो र काराबाखको विवादित क्षेत्रमा रुसले शान्ति सेना तैनाथ गरेको छ । दुई देशबीच चलेको हप्तौको युद्धपछि सोमबार शान्ति सम्झौता भएको थियो ।

शान्ति सम्झौता गराउन रुस सफल भएपछि उसले आफ्ना शान्ति सेनाको टुकुडी विवादास्पद क्षेत्रमा तैनाथ गरेको हो । नागोर्नो र काराबाख क्षेत्र अन्तराष्ट्रिय रुपमा अजरबैजानको भूभाग मानिएपनि सन् १९९४ देखि उक्त क्षेत्र अमर्मीनाईका वासीन्दाको हातमा छ । रुसद्धारा गराईएको शान्ति सम्झौतामा अजरबैजानमा खुशीको लहर देखिएको छ भने अर्मेनियामा केही व्यक्तिले विरोध जनाएका छन् ।

शान्ति सम्झौताको सर्त अनुसार अजरबैजान ति क्षेत्रमा आफ्नो नियन्त्रण कायम जारी राख्नेछ जहाँ युद्धका क्रममा कब्जा गरेको छ । यसका साथै अर्मेनिया सरकार केही हप्ताभित्र अन्य केही क्षेत्रबाट पनि पछि हट्नका लागि सहमत भएको छ । बीबीसीका अनुसार समग्रमा यस सम्झौता अनुसार अजरबैजानको जित र अर्मेनियाको हार जस्तो देखिएको छ ।

शान्ति सम्झौताबाट निराश अर्मेनियाकका नागरिक सडकमा प्रर्दशनमा उत्रिएका छन् । केही प्र्रर्दशनकारीहरुले सरकारी भवनमा क्षति पुराएका छन् भने प्रधानमन्त्री निकोल पाशिन्यानको राजिनामा माग गरेका  छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, अजरबैजानका राष्ट्रपति इलहाम अलीयव र अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानबीच यस शान्ति सम्झौतामा हस्ताक्षर भएको छ र मंगलबार राति एक बजे देखि लागू भएको घोषणा गरिएको छ ।

अजरबैजान-अर्मेनिया रक्तपातपूर्ण संघर्षको इतिहास र वर्तमान द्वन्द्वको कारण



प्रतिक्रिया दिनुहोस !