४ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली सचिवालय बैठक बोलाउन सहमत

प्रकाशित मिति :  12 November, 2020 9:28 am


काठमाडौं,२७ कार्तिक ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद चर्किरहेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालयको बैठक बोलाउन तयार भएका छन् ।

यसअघि बैठक बोलाउन तयार नभएको भन्दै अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर नेताहरुले अब प्रकृयामा जाने चेतावनी दिएका थिए । उनीहरुले आज बैठक बोलाउन प्रस्ताव गरेका थिए । बुहमत सचिवालयको प्रस्तावपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बैठक बोलाउन सहमत भएका हुन् ।

दुबै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले पार्टीका केन्द्रीय सचिवालयको बैठक भोलि अपराह्न ४ बजे बोलाएका छन् । बैठक बालुवाटारमा बस्ने छ ।

यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै प्रचण्ड पक्षधर नेताहरु ओलीसँग रुष्ट छन् । उनीहरुले दुईपटक सचिवालयको अनौपचारिक बैठक बसालीसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !