११ मंसिर २०८१, मंगलबार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको सम्पूर्ण खर्च बेहोर्ने सरकारको निर्णय

प्रकाशित मिति :  12 November, 2020 12:08 pm


काठमाडौं,२७ कार्तिक ।

सरकारले राष्ट्रिय  जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पौडेलले लेखेका छन्, “राष्ट्रिय  जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।”

केसीलाई बुधबार कोरोना संक्रमण भएको छ भने पेटसम्बन्धी दिर्घरोग समेत रहेको छ । ८० वर्षीय केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !