१९ आश्विन २०८१, शनिबार

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तयार भयो अत्याधुनिक हेलिप्याड

प्रकाशित मिति :  12 November, 2020 12:32 pm


काठमाडौं,२७ कार्तिक ।

प्रधानमन्त्रीको सरकारी सरकारी निवास बालुवाटारभित्र अत्याधुनिक हेलिप्याड निर्माण तयार भएको छ ।

नागरिक उड्डयन प्राधिकरणको मापदण्ड अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । सोही हेलिप्याडबाट नेपाली सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री ओली हिजो संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन गएका थिए ।

थापाले भनेका छन्,”  हिजो २०७७ साल कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको थियो । साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको थियो ।”

यसबाट बालुवाटारबाट एयरपोर्ट जान/आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना नहुने प्रेस सल्लाहकार थापाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !