१९ आश्विन २०८१, शनिबार

नेपालमै रासायनिक मल कारखाना स्थापनाका लागि अर्थमन्त्रीको नेतृत्वमा कार्यदल गठन

प्रकाशित मिति :  12 November, 2020 6:52 pm


काठमाडौं,२७ कार्तिक ।

सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापनाका लागि अर्थमन्त्रीको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले अर्थमन्त्रीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र कृषि तथा पशुपंछी विकास मन्त्री सदस्य रहने गरि रासायनिक मल कारखान खोल्न कार्यदल गठन गरिएको जानकारी दिए ।

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा कृषि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले असोज २९ गते प्रतिवेदन बुझाएको थियो ।

तत्कालिन कृषि सचिव राजेन्द्रप्रसाद भारी संयोजक रहेको कार्यदलले नेपालमा मल कारखाना खोल्न सम्भव रहेको र थप विस्तृत प्राविधिक अध्ययन गर्नुपर्ने सुझावसहित कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाललाई प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले तत्काल यूरिया प्लान्ट स्थापना गर्नका लागि बयोमास ग्याँसिफिकेसन र जलविद्युतको हाइव्रिड प्रविधि अवलम्वन गर्न उपयुक्त हुने सुझाव दिएको   थियो ।

नेपालमा पटक पटक रासायनिक मलको अभाव देखिन थालेपछि सरकारले नेपालमै कारखान खोल्नका लागि पहल थालेको हो । यद्यपी यसअघि लगानी बोर्डबाट पनि कारखाना स्थापना गर्ने प्रयास गरेपनि सफल भएको थिएन ।

सम्बन्धि समाचार

 



प्रतिक्रिया दिनुहोस !