४ आश्विन २०८१, शुक्रबार

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

प्रकाशित मिति :  13 November, 2020 7:25 am


कैलाली,२८ कार्तिक ।

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

पाटन नगरपालिका वडा नम्बर ८ को खोड्पे भन्ने स्थान नजिक बिहीबार राति साढे १० बजे दुर्घटनामा हुँदा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा उपक्षेत्रीय अस्पतारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २ महिला र ७ पुरूष रहेका छन्। पवनधुम यातायातको मा ५ ख ५१४१ नम्बरको सो बस बैतडीको गन्नाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता जनक बहादुर धामीले दिए । बसमा ४३ जना यात्रु रहेकोमा ३५ जना घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। घाइते मध्य ८ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता धामीले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस !