२ कार्तिक २०८१, शुक्रबार

उपनिर्वाचन अन्तर्गत आज मतदान

प्रकाशित मिति :  30 November, 2019 7:32 am


काठमाडाैं, १४ मंसिर। उपनिर्वाचन अन्तर्गत आज मतदान हुँदैछ। प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका ४८ (प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष) सिटका लागि मतदान हुँनलगेको हो।

उपनिर्वाचनमा ३७ जिल्लाका चार लाख ५४ हजार एक सय १४ मतदाता छन्। मतदान बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ। निर्वाचन आयोगले मतदानका लागि सम्मूर्ण तयारी पूरा भएको जनाएको छ। प्रमुखनिर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।आयोगका अनुसार तोकिएको समयभित्र मतदान केन्द्रमा उपस्थित मतदाताले मतदान गर्न पाउनेछन्। मतदान सकिएपछि निर्वाचन अधिकृतले सबै मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरेपछि गणना कार्य सुरु हुनेछ।

उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र २, प्रदेशसभा सदस्यका लागि भक्तपुर निर्वाचन क्षेत्र–१ (क), बाग्लुङ निर्वाचन क्षेत्र–२ (ख) र दाङ निर्वाचन क्षेत्र–३ (ख) मा मतदान हुनेछ। यसैगरी स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुख, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान हुनेछ। विभिन्न गाउँपालिका तथा नगरपालिकामा रिक्त वडाध्यक्षका ४३ स्थानका लागि हुँदैछ।

उपनिर्वाचनमा चार लाख ५४ हजार एक सय १४ मतदातामध्ये दुई लाख ३३ हजार चार सय दुई महिला, दुई लाख २० हजार सात सय १० पुरुष र अन्य दुईजना छन्। कास्की–२ मा ७१ हजार आठ सय ७१ जना मतदाता छन्। भक्तपुर–१ (क) मा ४५ हजार १५, बाग्लुङ–२ (ख) मा ३५ हजार १ सय ८४ र दाङ ३ (ख) मा ६८ हजार ७ सय १९ मतदाता छन्। स्थानीय तहतर्फ दुई लाख ३३ हजार तीन सय २५ मतदाता रहेको आयोगले जनाएको छ। आयोगका अनुसार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचन २०७४ पछि उपनिर्वाचन हुन लागेका क्षेत्रमा १६ हजार दुई सय १९ मतदाता थप भएका छन्।

उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ११, प्रदेशसभा सदस्यका लागि १५ र स्थानीय तहका विभिन्न पदका लागि २० वटा राजनीतिक दल सहभागी भएका छन्। उपनिर्वाचनमा प्रतिस्पर्धामा रहेका तीन सय ३३ उम्मेदवारमध्ये राजनीतिक दलका दुई सय ५३ र स्वतन्त्र ८४ जना छन्। दुई सय ५३ पुरुष र ८४ महिला उम्मेदवार छन्।

मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने
मतदाताले मतदाता परिचयपत्र देखाएर मतदान गर्न पाउनेछन्। तर आयोगले अन्तिम मतदाता नामवलीमा नाम समावेश भएका तर मतदाता परिचयपत्र नभएका मतदातालाई फोटोसहितको सरकारले जारी गरेको परिचय खुल्ने कागजका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ। आयोगको शुक्रबार बसेको बैठकले मतदाता नामावलीमा समावेश भएका तर मतदाता परिचयपत्र हराएको वा नलिएको/नपाएको अवस्थामा नेपाली नागरिकताको परिचयपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमति पत्र वा सरकारी निकायबाट जारी फोटोसहितको वैध परिचयपत्रका आधारमा पनि मत खसाल्न दिने निर्णय गरेको ह



प्रतिक्रिया दिनुहोस !