४ आश्विन २०८१, शुक्रबार

विवाद जारी रहेकै बेला सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु

प्रकाशित मिति :  13 November, 2020 4:55 pm


काठमाडाैं, २८ कार्तिक ।

विवाद जारी रहेकै बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि सहभागि भएका छन् ।

यसअघि प्रचण्डपक्षीय नेताहरुले पटक पटक बैठक बोलाउन आग्रह गरेपनि ओलीले अटेर गर्दै आएका थिए । विवाद चर्कदै गएपछि कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ नेताले पार्टी कार्यालय धुमबाराहीमा दुई पटक  अनौपचारिक सचिवालयको बैठक गरेका थिए ।

उनीहरुले लिखित आग्रह समेत गरेका थिए । प्रचण्ड पक्षले बैठक माग गर्दै पत्र बुझाएपछि अध्यक्ष ओलीले पनि लिखित जवाफ फर्काएका   थिए । पार्टी विभाजन उन्मुख भएको भन्दै नेताहरुले नै चिन्ता व्यक्त गर्दै आएका छन् । विवादकैबीच ओली सचिवालय बैठक बोलाउन सहमत भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !