४ आश्विन २०८१, शुक्रबार

रोल्पामा देउसी,भैलो तथा मेलामा रोक

प्रकाशित मिति :  13 November, 2020 5:08 pm


रोल्पा, २८ कार्तिक ।

जिल्ला प्रशासन कार्यालय रोल्पाले यसपटकको तिहारमा देउसी, भैलो तथा मेलामा रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले आज विज्ञप्ति जारी गर्दै कोरोना रोकथाम तथा न्यूनिकरणका लागि देउसी,भैलो र मेला जस्ता भीडभाडजन्य कृयाकलाप नगर्न नगराउन आग्रह गरेका छन् ।

सूचनामा भनिएको छ,”यस्तो क्रियाकलाप गरेको पाइएमा नजिकको प्रहरी वा १०० नम्बरमा डायल गरी जानकारी उपलब्ध गराईदिनुहुन अनुरोध छ ।”



प्रतिक्रिया दिनुहोस !