४ आश्विन २०८१, शुक्रबार

सत्तारुढ नेकपाको बैठक स्थगित, मंसिर ३ गते फेरि बस्ने

प्रकाशित मिति :  13 November, 2020 5:20 pm


काठमाडाैं, २८ कार्तिक ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक मंसिर ३ गते बस्ने गरि स्थगित भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर बसेको बैठकले एजेण्डा तय गरेको छ । आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय भएको छ।

भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेट र यसअघिको स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनका विषयमा समीक्षा गर्ने एजेन्डा तय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पार्टीको संकट र त्यसको निवारणका लागि अध्यक्ष प्रचण्डले तयार पारेको प्रस्ताव सबै सदस्यहरुलाई वितरण गरिएको बताए।

अर्को बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने प्रवक्ता श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस !