४ आश्विन २०८१, शुक्रबार

राप्रपा छोडेर कांग्रेस प्रवेश गरेको ४ महिनामा सहमहामन्त्री बने सुनिल थापा

प्रकाशित मिति :  13 November, 2020 8:27 pm


काठमाडौं, २८ कार्तिक ।

नेपाली कांग्रेसले राप्रपा छोडेर पार्टी प्रवेश गरेका सुनिल  थापालाई सहमहामन्त्री बनाएको छ।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको हो । थापासँग कांग्रेस प्रवेश गरेका ६ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय समेत भएको छ ।

केन्द्रीय सदस्य हुनेमा रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टि.एन.योगी रहेका छन् । त्यस्तै दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्य बनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वमहामन्त्री तथा उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य रहेका थापासहित ३१ जनाले साउन १० गते पार्टी परित्यागको घोषणा गरेका थिए । राप्रपा परित्याग गरेको तीन दिनपछि थापासहितको समूह साउन १३ गते नेपाली कांग्रेसमा प्रवेश गरेको   थियो ।



प्रतिक्रिया दिनुहोस !