४ आश्विन २०८१, शुक्रबार

पार्टीमा बल्ल नयाँ बहसको सुरुवात भएको छ : पुन

प्रकाशित मिति :  14 November, 2020 2:16 pm


काठमाडौं,२९ कार्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य वर्षमान पुनले विना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा बिधी,पद्धती र राजनीतिक संस्कारको विकास गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

पार्टीका दुई नेताबीच पत्रमाफर्त दोहोरी चलेपछि ऊर्जा मन्त्री समेत रहेका पुनले पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्तावले नयाँ बहसको सुरुवात भएको बताएका छन् ।

उनले पार्टीमा हुने छलफल बहस र अन्तविरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवं कार्यकर्ताको जिम्मेवारी हुनसक्दैन भनेका छन् । उनले भनेका छन्, पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट बग्ने तीब्र बेगको नदि जस्तो हो रपार्टीमा हुने छलफल ,बहस ,अन्तर्बिरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एबम कार्यकर्ताको जिम्मेवारी हुनसक्दैन ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात गर्दै बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा बिधी,पद्धति र राजनीतिक सँस्कारको बिकास गर्न सबै नेताहरुमा हार्दिक अनुरोध गर्दछु ।”

बिहान मात्रै लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोख्रेलले प्रचण्डको प्रस्तावले पार्टी गम्भीर संकटमा परेको अनुभूति भएको बताएका थिए । दुई अध्यक्षबीचको ‘पत्र युद्ध’पछि नेता कार्यकर्ताहरु सामाजिक सञ्जालमा विभाजित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !