४ आश्विन २०८१, शुक्रबार

स्थापनाको ४५ वर्षपछि विद्यालयको स्वरुप फेरिदै, १ करोड ७२ लाख रुपैयाँ लागतमा भवन निर्माण सुरु

प्रकाशित मिति :  14 November, 2020 4:44 pm


जुनिस कुमार विष्ट-

रोल्पा,२९ कार्तिक ।

रोल्पाको सुनछ्हहरी गाउँपालिका वडा नम्बर १ सेरमको फुलिबनमा रहेको शाखा प्राथमिक विद्यालय भवनको निर्माण कार्य सुरु भएको छ।  रु १ करोड ७२ लाखको लागतमा लुम्बिनी प्रदेश सरकारको अनुदानबाट भवन निर्माण हुन लागेको हो ।

बि. सं २०३२ सालमा स्थापन भएको विद्यालय अहिलेसम्म कक्षा ५ सम्म मात्र संचालन भएको छ। विद्यालय भवन जिर्ण भएपछि प्रदेश सरकारको अनुदानमा १० कोठे भवन र अपाङ्ग मैत्री सौचालय निर्माण गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बिकले बताए । विद्यालय भवन आगामी २०७८ बैशाख १४ गते सम्म निर्माण कार्य सम्पन्न गर्ने गरि निर्माणको जिम्मा आशु निर्माण सेवा बिजुवार प्यूठानले लिएको छ।

विद्यालयमा तीनजना जना शिक्षकहरु स्थायी दरबन्दीमा रहेका छ्न भने एक जना बालबिकास शिक्षक र एक जना निजी शिक्षक रहेका छ्न्।त्यस विद्यालयमा कक्षा बालबिकास देखि ५ सम्म १५४ जनाले अध्ययन गरिरहेका प्रधानाध्यापक खिमबहादुर बिष्टले बताए । ४५ वर्ष पहिले स्थापना भएको बिद्यालय अझै पनि प्राथमिक तह नै रहेको छ।

अब आधारभूत तहसम्म सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष बिकले बताए । धारभूत तह संचालनको लागि अक्षयकोष स्थापनाको अभियान सुरु गरिएको अध्यक्ष बिकले बताए । विद्यालय रहेको क्षेत्रमा प्रदेश सरकारले बस्ती बिकास कार्यक्रम अन्तरगत गत वर्ष ४० घर निर्माण सम्पन्न गरिसकेको छ।भने एक करोड रुपैयाँको लागतमा टतबन्ध निर्माण कार्य पनि सम्पन्न भइसकेको छ।नमुना बस्ती तथा विद्यालयसम्म पुग्ने मोटरबाटो पनि निर्माण कार्य धमाधम चलिरएको छ।करिब ४ करोडको लागतमा आगामी पौष मसान्तसम्ममा कार्य सम्पन्न गर्ने गरि स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रा. लि प्यूठानले जिम्मा लिएको छ।

नमुना बस्ती र बिधालयको लागि नै खानेपानी आयोजनाको कार्य पनि सुरु भइसकेको छ। करिब २ करोडको लागतमा निर्माण भइरहेको आयोजना जलजला कन्ट्रक्सन प्रा. लि र केएन निर्माण कम्पनीले असार मसान्तसम्म कार्य सम्पन्न गर्ने गरि जिम्मा लिएका छ्न्।

नमुना बस्तीमै एउटा एक तले र अर्को ट्रस्ट सहितको दुई तले सभाहल निर्माण हुने भएको छ। १ करोड ४६ लाख रुपैयाँ लागतमा भुकम्प प्रतिरोधात्मक सभाहल तिहार लगतै निर्माण कार्य सुरु हुने छ। आगामी असार मसान्तसम्म योजना सम्पन्न गर्ने गरी आयल एण्ड इसा कन्ट्रक्सन प्रा.लि.ले जिम्मा लिएको छ।



प्रतिक्रिया दिनुहोस !