४ आश्विन २०८१, शुक्रबार

तिहारमा विद्युत आपूर्तिमा समस्या आउन नदिन ऊर्जा मन्त्री पुन सकृय,भार प्रेषण केन्द्रमा पुगेर निरीक्षण

प्रकाशित मिति :  14 November, 2020 7:52 pm


काठमाडौं,२९ कार्तिक ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले तिहारको समयमा विद्युत आपूर्तिमा समस्या आउन नदिन आफै सकृय भएका छन् ।

देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसहित आज काठमाडौंको स्यूचाटारमा रहेको भार प्रेशण केन्द्र पुगेर दिपावलीको पूर्वसन्ध्याको अनुगमन गरेका छन् ।

देशभरीको विद्युत खपतको अवस्था कस्तो छ भन्ने विषयमा अनुगमन गर्न भार प्रेषण केन्द्र पुगेको ऊर्जा मन्त्री पुनले बताए । उनले भने , “देशभरी कसरी व्यवस्थापन भइरहेको छ भन्ने कुराको जानकारी लिन आएको हुँ । देशभरीको केन्द्र भएकाले विद्युतको खपत कसरी भइरहेको छ । देशभरी तिहारको रमाइलो कस्तो छ भन्ने कुराको जानकारी लिन आएको हुँ ।”

लक्ष्मीपूजाको दिन अरु दिनभन्दा बढी विद्युत खपत हुने गरेको भएपनि कोभिडका कारण यो वर्ष बढीमा ११ सय १० मेगावाट मात्रै खपत हुने अनुमान प्राधिकरणले गरेको कायममुकाय कार्यकारी निर्देशक शाक्यले बताए । अहिले २ सय मेगावाट रिजर्भमा राखिएको पनि उनले जानकारी दिए । उनले भने “लक्ष्मीपूजाको दिन आज ११ सयभन्दा केही बढी खपत हुने अनुमान गरिएको छ । विगत वर्षहरुभन्दा यो कम हो । कोभिडको असरले पनि कम भएको हुन सक्छ ।”

शाक्यले अब देशभरी कुनै पनि प्रकारको लोडसेडिङ हुने अवस्था नभएको उल्लेख गर्दै गुणस्तर बढाउन र निर्माणको काम गर्दा केही समय समस्या आउन सक्ने बताउनुभयो । तर नो लाइटमा समस्या आउने वित्तिकै सम्बोधनका लागि प्राधिकरणको टीम फिल्डमा जाने उनको भनाई छ ।

उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलीमिली बत्तीका कारण लक्ष्मी पूजाको समयमा विद्युत् माग अत्यधिक हुन्छ । भार प्रेषण केन्द्रले देशभरको विद्युत् आपूर्ति, माग र वितरणको व्यवस्थापनको काम गर्छ ।

अत्याधुनिक प्रविधि जडित केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत् गृहबाट कति विद्युत् उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्र्तित छ भन्नेबारे प्रत्यक्ष डाटा हेर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !