४ आश्विन २०८१, शुक्रबार

पूर्वसभामुख महरा पत्नी सीताको निधनको १३ औं दिन पारेर श्रद्धाञ्जली सभा

प्रकाशित मिति :  15 November, 2020 5:26 pm


दाङ , ३० कार्तिक ।

पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको १३ र्औ पुण्यतिथिका अवसरमा श्रद्धाञ्जी सभाको आयोजना गरिएको छ । दाङमा आज श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको हो ।

श्रद्धाञ्जली सभा कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेल, पूर्व सभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्ती लगायत नेता कार्यकर्ता, सुवेच्छुक तथा आफन्तको सहभागिता रहेको थियो ।

उपचारका क्रममा काठमाडौंमा निधन भएकी सीताको काठमाडौंमै अन्तिम संस्कार गरेर दाङ गएको थियो । परम्परागत रुपमै महरा परिवारले अन्तिम संस्कार पुरा गरेको छ ।

 

दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सीतालाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै कात्तिक १९ गते सीताको निधन भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !