६ कार्तिक २०८१, मंगलबार

पछिल्लो २४ घण्टामा १,४७७ जना कोरोना संक्रमित थपिए,२,७९८ जना निको

प्रकाशित मिति :  15 November, 2020 6:52 pm


काठमाडौं, ३० कार्तिक ।

पछिल्लो २४ घण्टामा १,४७७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६,४७६ जनामा परीक्षण गर्दा १,४७७ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २,७९८ रहेको छ ।

काठमाडौं जिल्लामा ६३२, ललितपुरमा १३३, रुपन्देहीमा ९१, दाङमा ६४, नुवाकोटमा ४४, भक्तपुरमा ४२, कास्कीमा ३९, चितवनमा ३६, कैलालीमा ३३ र मोरङमा ३१ जनामा कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै बाँकेमा २८, सुनसरीमा २६, झापा, गुल्मी र पाल्पामा २२/२२, कपिलवस्तुमा १७, नवलपरासीमा १६, सोलुखुम्बुमा १३, प्युठानमा १०, धादिङमा ९, ताप्लेजुङ र नवलपरासी पूर्वमा ८/८, तेह्रथुममा ७ र धनकुटा, तनहुँ, बर्दिया, दैलेख, कञ्चनपुर, बझाङ र बैतडीमा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इलाम, सिराहा, दोलखा र मकवानपुरमा ५/५, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुपाल्चोक, गोरखा र अर्घाखाँचीमा ४/४, बारा, रसुवा, स्याङ्जा र अछाममा ३र३ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै भोजपुर, संखुवासभा, रौतहट, सर्लाही, लमजुङ, बागलुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत र डडेल्धुरामा २/२ र उदयपुर र ओखलढुंगा, धनुषा महोत्तरी, सल्यान र हुम्लामा १/१ जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !