४ आश्विन २०८१, शुक्रबार

महामारीबीच पनि मुलुक समृद्धीको गतिमा अघि बढीरहेको छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  16 November, 2020 8:06 am


फाइल फोटो

काठमाडौं , १ मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई अघि बढाइरहेको बताएका छन् ।

तिहारको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताएका छन् ।

उनले भनेका छन्,”यस अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु । यसै एकता मार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु ।”

विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यसवर्षको तिहार पर्व मनाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

यस महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पु¥याएको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको छ । यस यतिबेला हामी जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका छौं ।”

तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको भन्दै प्रधानमन्त्री ओलीले यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी/भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !