४ आश्विन २०८१, शुक्रबार

हङकङमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु

प्रकाशित मिति :  16 November, 2020 4:27 pm


काठमाडौं , १ मंसिर । 

हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आइतबार राती आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ देखि ४०वर्षका छन् ।

साउथ चाइना मेर्निङ पोष्टका अनुसार ४ पुरुष र तीन महिलाको आगलागीमा परेर मृत्यु भएको छ ।  हङकङ प्रहरीका अनुसार उक्त रेष्टुरेन्टमा बर्थ डे पार्टी चलिरहेका बेला क्यान्डिलबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीपछि घाइते भएर अस्पताल पुर्‍याइएका १८ जना घाइतेमध्ये सात जनाको मृत्यु भएको हो। दुई जनाको अवस्था अझै गम्भीर छ भने एक जनाको सामान्य अवस्थामामा उपचार भइरहेको छ। एक जना सामान्य उपचारपछि घर फर्केका छन्। हङकङ प्रहरीले मृतक र घाइते मध्य अधिकांश नेपाली रहेको जनाएको छ ।

हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट जोगिन एक जना पुरुष राती करिब ८ बजेर ३५ मिनेटमा झ्यालबाट चिच्याउँदै भाग्दै गर्दा खसेर घाइते भएका थिए।

अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए।



प्रतिक्रिया दिनुहोस !