४ आश्विन २०८१, शुक्रबार

बाँकेमा कोरोना संक्रमित निको हुने दर ९३.७० प्रतिशत

प्रकाशित मिति :  17 November, 2020 7:58 am


बाँके, २ मंसिर ।

बाँकेमा कोरोना संक्रमित निको हुने दर ९३.७० प्रतिशत रहेको छ ।

बाँकेमा अहिलेसम्म ३६०१ ज्ना संक्रमित रहेकोमा ३३७४ जना निको भएर घर फर्किएका छन् भने ३६ जनाको मृत्यु भएको छ । आइसोलेसनमा १९१ रहेका छन् । ३६ जनाको मृत्यु भएको छ ।

मृत्यु दर १ प्रतिशत रहेको र जिल्ला भित्र प्रकोप दर ०.६० प्रतिशत रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

आज निको भएर ५६ जना घर फर्कदैछन् । जसमा २४ महिला र ३२ जना पुरुष रहेका छन् । बाँकेमा जिल्ला बाहिरका ३३ जना कारोना संक्रमित आइसोलेसनमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !