४ आश्विन २०८१, शुक्रबार

सचिवालय बैठक अघि नेकपामा सहमति खोज्ने प्रयास, महासचिव पौडेलले भेटे अध्यक्ष प्रचण्डलाई

प्रकाशित मिति :  17 November, 2020 1:25 pm


काठमाडौं, २ मंसिर । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सचिवालय बैठक बस्नु अघि विवाद कम गर्ने प्रयास जारी छ । भोली १ बजे बैठक बस्नुअघि नेकपामा जारी विवाद मत्थर पार्ने प्रयास स्वरुप विभिन्न छलफलहरु भइरहेका छन् ।

यसैक्रममा पार्टी महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज बिहान उनकै निवास खुमलटारमा गएर भेटेका छन् । बैठक बस्नु अघिल्लो दिन आज महासचिव पौडेलले अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।

यसअघि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरिसकेका छन् । अध्यक्ष प्रचण्ड पक्षधरले सचिवालयमा ओलीमाथी विभिन्न आरोप लगाउँदै दस्तावेज पेश गरेपछि नेकपाभित्रको विवाद थप कसिलो बनेको छ । ओली पक्षले दस्तावेज फिर्ता लिनुपर्ने माग गरेको छ भने प्रचण्ड पक्षले बैठकमै छलफल हुनुपर्नेमा जोड दिएको छ ।

ओली पक्षले सचिवालयमा पेश गरिएको दस्तावेज फिर्ता नगरे कुनै छलपल नहुने चेतावनी समेत दिएको छ । यद्धपी यसको समस्या समाधानका लागि नेताहरु आन्तरिक छलफलमा जुटिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !