१९ आश्विन २०८१, शनिबार

कोरोना परीक्षण घट्दो, ३,११२ जनाको परीक्षण गर्दा ५०२ जनामा सङ्क्रमणको पुष्टि

प्रकाशित मिति :  17 November, 2020 6:19 pm


काठमाडौं ,२ मंसिर ।

कोरोना परीक्षण घट्दै गएको छ । पीसीआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३,११२ जनाको पीसीआर परीक्षण गर्दा ५०२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २०४ जना महिला र २९८ जना पुरुष रहेका छन् ।

सोमबार ४,८३२ जनाको पीसीआर परीक्षण गर्दा १,१९७ जनामा सङ्क्रमण देखिएको थियो । नयाँ सङ्क्रमितसहित अहिलेसम्म २,११,४७५ जना कोरोना पोजेटिभ भएका छन् । जसमा ३०,९८६ सक्रिय सङ्क्रमित रहेका छन् ।

आज देखिएका सङ्क्रमितमध्ये ३३९ जना उपत्यकाका छन् । तिमध्ये १४६ जना महिला र १९३ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा आठ, प्रदेश नं २ मा २७, वाग्मती प्रदेशमा ३८०, गण्डकीमा १८ लुम्बिनीमा ६७ र सुदूरपश्चिमा दुई जनामा सङ्क्रमण देखिएको   छ ।

यस्तै सङ्क्रमितमध्ये ३१८ जना सघन उपचार कक्ष (आइसीयू) मा र ३८ जना भेन्टिलेटरमा उपचार भइरहेको छ । आइसीयूमा प्रदेश नं १ मा ४३, प्रदेश नं २ मा १६, वाग्मती प्रदेशमा १०३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णालीमा नौ र सुदूरपश्चिमा पाँच जना उपचाररत छन् । भेन्टिलेटरमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा ३३, गण्डकीमा दुई, लुम्बिनीमा चार र सुदूरपश्चिमा एक जना उपचाररत छन् ।

२,८७८ निको

त्यस्तै आज २,८७८ जना सङ्क्रमित निको भई घर फर्किएका छन् । अहिलेसम्म एक लाख ७९ हजार २४२ जना निको भई घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ८४.८ प्रतिशत रहेको छ ।

१७ को निधन

कोभिड–१९ को सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १७ जनाको निधन भएको छ । यससँगै अहिलेसम्म १,२४७ जनाको निधन भएको छ । यस्तै २८,२०७ जना होम आइसोलेसन र एक हजार ३ जना क्वारेन्टाइनमा छन् ।

शून्य सङ्क्रमित भएको जिल्ला मनाङ छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलाली छन् ।



प्रतिक्रिया दिनुहोस !