४ आश्विन २०८१, शुक्रबार

रोल्पा पुगेर महराले भने,’राष्ट्रिय भूमिकामा राष्ट्रिय एकताको सपना देखिरहेको छु’

प्रकाशित मिति :  17 November, 2020 7:42 pm


रोल्पा ,२ मंसिर ।

पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वाधिनताको पक्षमा अन्तिम समयसम्म लडिरहने बताएका छन् ।

पत्नी सीताको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उनकै पुर्खेयौली घर रोल्पा नगरपालिकाका मेबाङमा गरेको कार्यक्रममा बोल्दै उनले राजनीतिबारे धेरै बोल्न नचाहेको भनेपनि राष्ट्रिय स्वाधिनताका लागि अन्तिम दमसम्म लडिरहने बताए । उनले भने, “राजनीतिको बारेमा धेरै भन्न चाहदैन तर यत्ति भन्न चाहन्छु राष्ट्रिय स्वाधिनताको पक्षमा अन्तिम समयसम्म लडिरहन्छु, शान्ति र समृद्धी मेरो सपना हो । मेरो अन्तिम दम हुँदासम्म जनताको सेवामा रहरहने छु ।”

उनले सत्तारुढ नेकपाभित्र देखिएको विवादप्रति इंगित गर्दै अहिलेको आवश्यकता रुपान्तरणसहितको राष्ट्रिय एकता भएको बताए । राष्ट्रपति, उपराष्ट्रपति,प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु पूर्व राजा तथा भूमिगत रहेका विप्लवसम्मले पत्नीको निधनप्रति समवेदना जनाएको भन्दै यो आफूप्रतिको सम्झना भएको बताए । उनले भने, “सबैले सम्झेको अर्थ हो म वार्ता र संवादमा कहि चुकेको छैन ।”

आफूले हरेक ठाँउमा जाँदा राष्ट्रिय भूमिकामा राष्ट्रिय एकताको सपना देखिरहेको बताए । उनले पार्टीको विवादप्रति इंगित गर्दै भने,”ठिक छ अहिले छलफल बहस ठिक छ । त्यो गर्नै पर्छ । त्यसको अन्तिम निष्कर्ष राष्ट्रिय एकता हो । रुपान्तरण सहितको राष्टिय एकता हो ।”

अहिलेपनि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दैनिक जसो कुरा हुने गरेको   बताए । प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटो काठमाण्डौं फर्कन आग्रह गरेको जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !