४ आश्विन २०८१, शुक्रबार

पूर्वसभामुख एवं नेकपा नेतृ घर्तीले भनिन्,’न आत्तिनुहोला ! हामी पार्टी फुट्न दिन्नौं ‘

प्रकाशित मिति :  17 November, 2020 8:23 pm


रोल्पा ,२ मंसिर ।

पूर्वसभामुख एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ ओनसरी घर्तीले पार्टीलाई कुनै हालतमा फुट्न नदिने बताएकी छन् ।

पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको निधनमा रोल्पा नगरपालिकाको मेबाङमा रहेको पुर्खेयौली घरमा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै नेकपा लुम्बिनी प्रदेशकी अध्यक्ष समेत रहेकी घर्तीले कोही पनि पार्टी फूटको पक्षमा नरहेको बताईन् । उनले भनिन्,” न आत्तिनुहोला ! हामी फूट्न   दिन्नौं । पार्टी फुटको पक्षमा कोहीपनि छैन । नेपाली जनता छैन भने हामीपनि छैनौ, पार्टी कार्यकर्तापनि छैनन् र हामी पार्टी फुट्न दिन्नौ ।”

पार्टी नेतृत्वले आफ्नो चेतनाले भ्याएसम्म आफूहरुलाई निर्देशित गर्ने घर्तीले विश्वास व्यक्त गरिन् । आफू अहिलेपनि नेतृत्व काम लाग्दैन र मिल्न सक्दैनन् भन्ने विश्वास नभएको घर्तीको भनाई थियो । तर जनयुद्धलाई घृणा गर्ने विषय भने सैह्य नहुने उनको चेतावनी थियो ।

बहस चलिरहेको र बहस सत्यले नै जित्ने उनको दाबी थियो । उनले भनिन्, “हामीले बगाएको रगत पसिनाले नै जित्छ अरुले जित्नेवाला छैन । त्यो जितका लागि  कार्यकर्ताको भूमिका अवश्यकपनि छ । हामी त्यो भूमिका खेल्छौं ।” तर नेतृत्वले जे बहस गरेको छ त्यो बहस देखेर कायरता प्रर्दशन गर्न आवश्यकता नभएको र सहासपूर्ण तर्कले बहसमा भाग लिनुपर्नेमा उनको जोड थियो ।

ठूला दुई कम्युनिष्ट पार्टी एक भएर दुई तिहाईको सरकार बनाउँदा पनि जनताको पक्षमा काम गर्न नसकेको भन्दै माफी मागिन् । उनले भनिन्, “दुईतिहाईको सरकार बनिसकेपछि जसरी हामीले जनताको सेवामा जुट्नु पथ्र्यो दुर्भाग्य , म तपाईंहरुसँग माफि माग्न चाहुन्छु । हामीले जनतासँग गरेको बाचाहरुलाई जसरी हुन्छ त्यसरी हामीले अगाडी बढाउन सकेनौं । जनतासँग सत्यकुरा भन्नका निम्ति लाज मान्न हुँदैन ।” अहिले त्यसैलाई सच्याउन पार्टीमा बहस चलेको घर्तीको तर्क थियो ।

 



प्रतिक्रिया दिनुहोस !