४ आश्विन २०८१, शुक्रबार

सचिवालय बैठककै समयमा मन्त्रिपरिषद् बैठक, पर्यटन मन्त्री भट्टराईले भने,’सर्वाधिक कठिन समय’

प्रकाशित मिति :  18 November, 2020 10:09 am


काठमाडौं ,३ मंसिर । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद थप जटिल मोडमा पुगेको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक राखेकै समयमा मन्त्रिपरिषद् बैठक बोलाएपछि स्थिति थप जटिल देखिएको छ ।

आज दिउँसो १ बजे सचिवालय बैठकको समय तोकिएको थियो तर ओलीले सोही समयमा मन्त्रीपरिषद् बैठक बोलाएका छन् । यसबीचमा भएको पटक पटकको छलफलबाट पनि प्रचण्ड पक्षले सचिवालयमा पेश गर्न खोजिएको दस्तावेज फिर्ता गर्न तयार नभएपछि ओलीले सचिवालय बैठकको समयमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

गत कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकले आजै दिउँसो १ बजे अर्को बैठक राख्ने निर्णय गरेको थियो। तर, दस्तावेजको विषयलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल समेत हुन नसक्ने चेतावनी दिएका थिए । यसबीचमा सहमतिको प्रयास भएको  थियो । सहमतिको प्रयास असफल भएपछि सचिवालय बैठक तोकिएको समयमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद् बैठक बोलाए लगत्तै पर्यटनमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले ‘सर्वाधिक कठिन समय’ भन्दै फेसबुकमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस !