४ आश्विन २०८१, शुक्रबार

नेकपा विवाद : बैठकका विषयमा दबाव बढाउने ओली र प्रचण्ड पक्षको प्रयास

प्रकाशित मिति :  18 November, 2020 11:12 am


काठमाडौं ,३ मंसिर । 

आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टाका लागि सारिएको छ ।

नेकपाभित्र विवाद चर्किरहेका बेला अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठक तोकिएकै समयमा मन्त्रिपरिषद् बैठक डाकेका थिए । अहिले फेरि बैठक एक घण्टा पर सरेको जानकारी गराईएको छ । अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड पक्षले सचिवालयमा पेश गरेको दस्तावेजपछि ओली विच्किएका छन् ।

उनले दस्तावेज फिर्ता गर्न आग्रह गरेपनि प्रचण्ड पक्षले मानेको छैन । विवादकै बीच ओलीले सचिवालय बैठकसँग जुध्ने गरेर मन्त्रिपरिषद् बैठक बोलाएका थिए । यद्यपी एक घण्टाका लागि पर सारिएको जानकारी आएको एक मन्त्रीका स्वकीय सचिवले जानकारी दिए ।

बैठक के हुन्नेबारेमा प्रश्न उठिरहेका बेला प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल मार्फत तोकिएकै समयमा बैठक बस्ने जानकारी गराएका छन् ।

बिहान सामाजिक सञ्जालमा भनेका छन्,”हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्वनिर्धारित कार्यक्रम अनुसार आज अपरान्ह १ बजे बालुवाटारामा बस्दैछ ।” यसले बैठक बस्ने र नबस्ने विषयमा दुबै पक्षले दबाव बढाउने प्रयास जारी राखेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !