४ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले सत्ता साझेदारी प्रस्ताव गरेपछि नेपाली कांग्रेसको तीन रणनीति

प्रकाशित मिति :  23 November, 2020 8:28 am


काठमाडौं,८ मंसिर ।

शनिबारको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको प्रस्ताव गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक तयारी सुरु गरेको छन् ।

प्रस्ताव लगत्तै आफू निकट नेतासँग छलफल गरेका देउवाले ओलीको प्रस्तावलाई शंकाको दृष्टिले हेरेपनि सत्ता साझेदारीको समेत छलफल सुरु भएको छ । नेपाली कांग्रेस स्रोतका अनुसार ओलीको प्रस्तावले देउवा उत्साहित भएका छन् ।

यद्धपी कांग्रसले अहिले ‘सत्ताप्रति मोह नभएको’ आसयसहित बाहिर प्रचारको प्रयास गरिरहेको छ । बालुवाटारको भेटघाटले राजनीति बजार तातिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्ने जनादेश ‘रहेको भने । तर, देउवाले सत्तासाझेदारीबारे विभिन्न मोडेलमा छलफल गर्न सुरु गरेका छन् ।

ओलीमाथी शंका तर तयारी

प्रधानमन्त्री ओलीले संवैधानिक निकायका पदाधिकारीबारे छलफलको बाहानामा सत्तासाझेदारीको प्रस्ताव गरेपछि नेकपाभित्र मात्रै होईन समग्रमा तरंग देखिएको छ । ओलीले आफ्ना विरुद्ध लागेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षलाई दबाव दिन ‘देउवा त्रुप’ प्रयोग गरेको टिप्पणी भएको छ ।

बुढानिलकण्ठले भने ओली साच्चिकै पार्टी फुटाउन चाहेको र सहयोगको अपेक्षा गरेको निष्कर्षमा पुगेको छ । तर देउवाको शंका छ ‘ओलीले पाटी फुटाउन चाहिले आवश्यक बहुमत पुराउन सक्छन कि सक्दैनन् ?’ यद्यपी अध्यादेशबाट अनुकुल वातावरण तयार गर्नेमा देउवा विश्वस्त छन् । यसकै आधारमा देउवाले आईतबारसम्म एकसरो छलफल गरिसकेका छन् ।

सत्तासाझदारीको मोडेल र कांग्रेस रणनीति

भेटका क्रममा ओलीले अहिले आफूलाई सहयोग गर्न र चुनावी सरकारको नेतृत्व गर्न देउवालाई प्रस्ताव गरेका थिए । भेटमा सहभागि नेता निकट स्रोतले भन्यो, “ओलीजी प्रतिष्ठाका लागि पनि अहिले आफै प्रधानमन्त्री बन्न चाहनुहुन्छ, चुनावी सरकारको नेतृत्व हाम्रो सभापतिलाई गर्न दिने प्रस्ताव गर्नुभएको हो ।”

-ओलीकै नेतृत्वमा एससीसी पारित
-सरकारमा नगएर समर्थन मात्रै
-आफूलाई लाभ हुने गरि चुनावी सरकारको नतृत्व

कांग्रेस भने अहिले नै सरकारका सहभागि हुने कि नहुने भन्ने विषयमा निष्कर्षमा पुगिसकेको छैन । कांग्रेस निकट स्रोतका अनुसार अहिले कांग्रेस सकेसम्म बाहिर बसेर समर्थन गर्ने र मधेश पृष्ठभूमिबाट आएका दलसहित अन्य दललाई सरकारमा सहभागि गराउनु उपयुक्त हुने पक्षामा छ । कांग्रेसको ध्यान अमेरिकी परियोजना (एमसीसी) पारितमा छ । जनस्तरमा एमसीसीप्रतिको धारणा नकारात्मक छ । त्यसैले ओलीकै नेतृत्वमा एमसीसी पारित गराउन सके राजनीतिक लाभ आफूलाई हुने कांग्रेसको ठहर छ ।

ओली नेतृत्वमा एमसीसी पारित गराए समग्र कम्युनिष्ट र सत्तारुढ नेकपाप्रति जनविरोध बढ्ने र आफूलाई चुनावी फाईदा हुने कांग्रेसको ठहर  छ । साथै समर्थन मात्रै गर्दा र सरकारमा नजाँदा अपजस कम भोग्नुपर्ने बुढानिलकण्ठको आकलन छ । यद्धपी सरकारमै जानुपर्ने अवस्था आए सरकारकै नेतृत्व गरेर निर्वाचन सफल बनाएर लाभ लिने कांग्रेसको रणनीति छ ।

ओलीलाई समर्थन गरेर सरकार बाहिरबाट चुनावी तयारी गर्ने वा आफूलाई चुनावी फाइदा हुन गरेर सरकारको नेतृत्व लिन सम्म तयार हुने भन्नेबारे कांग्रस छलफलमा रहेको कांग्रेस स्रोतहरुको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !