४ आश्विन २०८१, शुक्रबार

सत्तारूढ नेकपा भित्रको विवाद चर्किरहेका बेला चीनकी राजदूत यान्छीद्धारा अध्यक्ष प्रचण्डसँग छलफल

प्रकाशित मिति :  23 November, 2020 11:46 am


काठमाडौं,८ मंसिर ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किरहेका बेला नेपालका लागि चीनकी राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन्।

नेकपा विवादका बेला सकृय बनेकी राजदूतले प्रचण्डसँग छलफल गरेकी हुन् । प्रचण्डलाई भेट्न राजदूत यान्छी आज बिहान खुमलटार पुगेकी थिइन् । यसअघि मंसिर २ गते साँझ राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार भेटेकी थिइन् । प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेपाली कांग्रेससँग सत्तासाझेदारीको विषय अगाडि बढाएपछि नेकपाभित्रको विवाद फुट तर्फ गएको आकलन गरिएको छ ।

सचिवालय बैठक १० दिनका लागि भनदै १३ गतेसम्मका लागि स्थगित भएको छ । यसलाई ‘कुलिङ पिरियड’ भनेपनि नेताहरुबीच सम्बन्धमा सुधार आउने कुनैपनि खालको गतिविधि देखिएको छैन ।

सचिवालयमा प्रचण्ड पक्षधरका नेताले दस्तावेज पेश गरेका छन् भने १३ गतेको बैठकमा ओलीले प्रतिउत्तरसहित अर्को जवाफ पेश गर्ने बताइसकेका छन् । विवाद फुटतर्फ अग्रसर तर्फ गएका बेला राजदूत यान्छीको सकृया बढेको हो ।

यैबीचमा चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण समेत हुन लागिरहेको छ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे मंसिर १४ मा नेपाल भ्रमणमा आउने तय भएको छ।



प्रतिक्रिया दिनुहोस !