४ आश्विन २०८१, शुक्रबार

बागलुङको बडिगाडमा जीप दुर्घटना, दुईको मृत्यु

प्रकाशित मिति :  23 November, 2020 12:02 pm


बागलुङ,८ मंसिर ।

बागलुङको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ ज ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनका एक वर्षीय छोराको मृत्यु भएको हो ।

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए । प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान लाद्ने क्रममा गुडेर जीप दुर्घटना भएको हो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !