४ आश्विन २०८१, शुक्रबार

रिक्त कृषि सचिव पदका लागि सहसचिव डा. कार्कीको नाम सिफारिस

प्रकाशित मिति :  24 November, 2020 7:53 am


काठमाडौं,९ मंसिर ।

सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन सेवातर्फको रिक्त एक सचिव पद(विशिष्ट श्रेणी)का लागि ज्येष्ठ सहसचिव डा. योगेन्द्र कुमार कार्कीको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा हिजो बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ज्येष्ठ सहसचिव कार्कीको नाम सिफारिस गरेको हो । कार्की यसअघि पनि पटक पटक सिफारिसमा परेपनि बढुवा भएको थिएन । उनी अहिले कृषि मन्त्रालयका निमित्त सचिव छन् ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ । तत्कालिन कृषि सचिव राजेन्द्र भारी सेवा निवृत्त भएपछि

रिक्त पदमा कार्कीको सिफारिस भएको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले डा. कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गर्ने छ ।



प्रतिक्रिया दिनुहोस !