४ आश्विन २०८१, शुक्रबार

सुनको मूल्य घट्दो, आज एक हजार रुपैयाँले कमी

प्रकाशित मिति :  25 November, 2020 12:47 pm


काठमाडौं,१० मंसिर ।

नेपाली बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ ।

कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ ।

प्रभावस्वरुप नेपाली बजारमा सुनको मूल्यमा कमी आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मङ्गलबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले घटेको हो ।

यस्तै मङ्गलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला १ हजार रुपैयाँले ओरालो लागेर ९१ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ । मङ्गलबार प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज भने प्रतितोला १ हजार १ सय ७५ मा कारोबार भएको छ । केही समय पहिले सुुनको भाउ प्रतितोला १ लाख दुई हजार रुपैयाँसम्म पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस !