४ आश्विन २०८१, शुक्रबार

सिभिल बैंकले दशौंं वार्षिकोत्सव विविध कार्यक्रमहरु गरी मनायो

प्रकाशित मिति :  25 November, 2020 7:24 pm


 

काठमाडौं,१० मंसिर । 

सिभिल बैंकले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

वार्षिक उत्सवका अवसरमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुवाट प्रतिवद्दता व्यक्त भएको छ ।

त्यस्तै बैंकले “हाम्रो टिम नेपाल” संग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजन गरेको छ भने काठमाडौं मातातिर्थ स्थित रहेको मातातिर्थ बृद्धाश्रममा आश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल सो बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको छ ।

 

दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित वेबनार कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गरेका थिए ।

बैंक संचालक समितिका अध्यक्ष ई.ईच्छा राज तामाङले सो उपलब्धीहरु हासिल गर्न सहयोग गर्ने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, पत्रकार/मिडियाकर्मी, शेयरधनी तथा प्रबद्र्धक मित्रहरु तथा अन्य सम्पूर्ण शुभचिन्तक महानुभावहरु प्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गरेका छन् । २०६७ मंसिर १० गते देखि कारोबार संचालन गर्दै आईरहेको सिभिल बैंक आज दस वर्ष पुरा गरी एघार वर्षमा प्रवेश गरेको हो ।



प्रतिक्रिया दिनुहोस !