४ आश्विन २०८१, शुक्रबार

प्यूठानबाट बिरामी बोकेर आएको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन बेपत्ता

प्रकाशित मिति :  26 November, 2020 9:05 am


काठमाडौं,११ मंसिर ।

प्यूठानबाट बिरामी बोकेर काठमाडौँ आउँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनले इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी आज बिहान ५ः३० बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको जनाएको छ ।

त्रिशूलीमा खस्दा पिकअपमा रहेका मध्ये एक जना घाइते भएका छन् भने अन्य तीन जना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा प्यूठान घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोकाय रहेका छन् ।  दुर्घटनामा परेका रोकाय अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् ।   बेपत्ता हुनेमा उपाध्यक्ष रोकायका श्रीमती , छोरी र चालक रहेका छन् ।

बेपत्ता हुनेमा प्यूठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र बिरामी १५ वर्षीया जिनिसा रोक्का छन् । घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाइएको र अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !