४ आश्विन २०८१, शुक्रबार

गुल्मीमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रकाशित मिति :  27 November, 2020 11:52 am


काठमाडौं, १२ मंसिर ।

गुल्मीको इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।सदरमुकाम तम्घास जाँदै गरेको लु१ज ११६६ नम्बरको जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको हो ।

दुर्घटनामा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका–५ ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

घाइते तीनमध्ये इस्मा–४ का १९ वर्षीय फर्सुराम थापालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास लैजाँदै गर्दा मृत्यु भएको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पाच्यले जानकारी दिए ।

दुर्घटनामा परी घाइते इस्मा–४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । दश यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रेकफेल भई दुर्घटना हुँदा सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !