४ आश्विन २०८१, शुक्रबार

रोल्पामा २ जना मानिस मृत भेटिए,पहिचान खुल्न सकेन

प्रकाशित मिति :  27 November, 2020 10:09 pm


रोल्पा, १२ मंसिर ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ को जिलाखोलामा २ जना मानिस मृत अवस्थामा भेटिएका छन् ।

आज दिउँसो माछा मार्न जाने केही बच्चाहरुले खबर गरेपछि गएको प्रहरी र जनप्रतिनिधिसहितको टोलीले झण्डै १० मिटरको फरकको दुरीमा २ जनाको शव भेटेको हो ।

एउटा शव ४०/४२ वर्ष उमेरको भएपनि पुरै नचिनिने अवस्थामा रहेको र १० मिटरको दुरीमा अर्को शवपनि उस्तै अवस्थामा भेटिएको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीले जानकारी गराएका छन् ।

मृतक व्यक्तिहरुको पहिचान हुने कुनै परिचयपत्र नरहेको र एउटा मोबाईल मात्रै भेटिएको अध्यक्ष क्षेत्रीले बताएका छन् । अध्यक्ष क्षेत्रीले एक महिनाको अवधिमा कोही कसै कुनै गाउँका व्यक्ति सम्पर्कमा नआएको भए इलाका प्रहरी कार्यालय सुलिचौर र वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !