४ आश्विन २०८१, शुक्रबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु

प्रकाशित मिति :  28 November, 2020 1:19 pm


काठमाडौं,१३ मंसिर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।

विवाद जारी रहेका बेला सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले पेश गरेको दस्तावेजको लिखित जवाफ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

उनले भनेका छन्,” पार्टी सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूचि रहेको छ ।”

प्रचण्ड पक्षले ओलीलाई विभिन्न आरोपसहितको दस्तावेज सचिवालयमा पेश गर्दै पार्टी कमिटीमा समेत पठाएको छ । प्रचण्ड पक्षको दस्तावेजले ओली आक्रोशित छन् । प्रचण्ड पक्षले पेश गरेको दस्तावेजको जवाफ दिन ओलीले १० दिनेको समय मागेका थिए । सोही अनुसार आजको बैठक बसेको हो ।



प्रतिक्रिया दिनुहोस !