४ आश्विन २०८१, शुक्रबार

नेपाल उद्योग वाणिज्य महासंघको मतगणना सुुरु,ढकाल प्यानलले खाता खोल्यो

प्रकाशित मिति :  28 November, 2020 6:59 pm


काठमाडौं,१३ मंसिर ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयनको लागि आज भएको निर्वाचनको मतगणना सुरु भएको छ । बुलुकी ५ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत लिलामणि पौडेलले जानकारी दिए ।

प्रज्ञा भवनमा म तीन वटै समुहको मतगणना सुरु भएको पौडेलको भनाइ छ। महासंघको निर्वाचनको इतिहासमा पहिलो पटक शतप्रतिशत भोट खसेको छ । निर्वाचन समितिका अनुसार जिल्लारनगर, एसोसिएट र वस्तुगत सबैतर्फ शतप्रतिशत भोट खसेको हो ।

बस्तुगत तर्फबाट १०१, जिल्ला नगरबाट १०५ र एसोसिएट तर्फ ९०३ मतदाता रहेका थिए । मत गणनाको अन्तिम परिणाम आउन मध्यरात ११ बजे सम्म लाग्ने अनुमान गरिएको पौडेलको भनाइ छ ।
मतगणना अनुसार प्रारम्भिक नतिजामा चन्द्र ढकालको प्यानलले खाता खोलेका छ । संस्थापक संघ तर्फबाट ढकाल प्यानलका दामु अधिकारी केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनी ढकाल प्यानबाट निर्वाचनमा खडा भएका थिए ।

महासंघको निर्वाचनमा जिल्ला नगरको ५० प्रतिशत, एशोसियटको ३० प्रशिशत तथा वस्तुगततर्फको २० प्रतिशत भोटभार हुने व्यवस्था रहेको छ ।

महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन्। । कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्। ।

निर्वाचन सकिएसँगै विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन्।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन्। यस्तै वस्तुगततर्फ अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन्। जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन भने एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन्। ।

यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन्।

 



प्रतिक्रिया दिनुहोस !