३ आश्विन २०८१, बिहिबार

एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामा माग गर्नु एकता विरोधी गुटगत मानसिकता हो : पोखरेल

प्रकाशित मिति :  1 December, 2020 10:45 am


काठमाडौं,१६ मंसिर । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको ध्यान प्राय संघीय सरकार र पार्टीको विवादमै केन्द्रित हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अफ्ठेरो परेको बेला काठमाडौं ओर्लिहाल्ने पोखेरेल सामाजिक सञ्जालमा पनि उत्तिकै सकृय छन् । उनी पार्टीभित्रको विवादबारे लगातार टिप्पणी गरिरहेका हुन्छन् ।

आजपनि दुबै अध्यक्षको प्रस्ताव पेश भएपछि बस्न लागेको पहिलो सचिवालयको बैठक अघि नेकपा स्थायी कमिटी सदस्य समेत रहेको पोख्रेलले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन् । उनले भनेका एक मात्रै अध्यक्षलाई जिम्मेबार देखाएर राजिनामा माग्नुको अर्थ पार्टी एकता विरोधी गुटगत मानसिकता भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्,”पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामाको मागगर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो।”

नेकपा भित्रको विवाद उत्कर्षमा छ र दुबै अध्यक्षका प्रस्ताव सचिवालयमा पुगेका छन् । दिउँसो साचिवालय बैठक बस्नुअघि मुख्य मन्त्री पोखेलको टिप्पणी आएको हो ।



प्रतिक्रिया दिनुहोस !