४ आश्विन २०८१, शुक्रबार

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

प्रकाशित मिति :  1 December, 2020 12:04 pm


काठमाडौं,१६ मंसिर । 

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । केहीदिन लगातार घटिरहेको सुन आज ५ सय रुपैयाँले बढेको हो ।

आज प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै हिजो प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुन पनि प्रतितोला ५ सय रुपैयाँले बढेको हो । यस्तै चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको छ । हिजो प्रतितोला १ हजार १ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज भने तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।



प्रतिक्रिया दिनुहोस !