२० आश्विन २०८१, आइतबार

पछिल्लो २४ घण्टामा १,३०४ जनामा कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  1 December, 2020 6:50 pm


 काठमाडौं,१६ मंसिर । 

पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

८,५८३ नमुना परीक्षण गर्दा ५०१ महिला र ८०३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २,३४,७५६ पुगेको छ ।

उनीहरुमध्ये २,१६,५९४ जना संक्रमणमुक्त भएका छन् भने १,५२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो पटक १६,६३३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १०,९९८ होम आइसोलेसनमा, ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५३० संक्रमित थपिएका छन्, जसमा काठमाडौंका ४०९ जना, ललितपुरका ८५ जना र भक्तपुरका ३६ जना रहेका छन् ।

त्यस्तै कास्कीमा १ सय, झापामा ६८, मोरङमा ६२, सुनसरीमा ५२, रुपन्देहीमा ४५, काभ्रेमा ४० जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै बाँकेमा ३०, मकवानपुरमा २९, चितवनका २२, बर्दिया र अछाममा १९/१९ जना, बैतडीमा १८, नवलपुरका १५,पाल्पा, धनुषा, र कञ्चनपुरमा १४/१४ जना, बाग्लुुङमा १३, डडेलधुरामा १२, इलाम, सिन्धुपाल्चोक, स्याङ्जा र कैलालीमा ११/११ जना, तनहुँ र बझाङमा १०/१० जना तथा, कपिलवस्तु, सप्तरी, र गुल्मीमा ९/९ जनामा कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अर्घाखाँची र धादिङमा ८/८ जना, नवलपरासी र बाजुरामा ६र६ जना, सिराहामा ५, ओखलढुंगा, बारा, रामेछाप, लमजुङ,सर्लाही, दाङ र प्यूठानमा ४/४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै पर्सा, महोत्तरी, रौतहट र गोरखामा ३/३ जना, उदयपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, दोलखा, सिन्धुली र मुस्ताङमा २/२ जना तथा नुवाकोट, पाँचथर, रोल्पा, डोटी,पर्वत, म्याग्दी, र दार्चुलाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !