४ आश्विन २०८१, शुक्रबार

‘कृषि सैनिक गठन’को माग गर्दै कृषि मन्त्री भुषाललाई ध्यानाकर्षण पत्र

प्रकाशित मिति :  2 December, 2020 7:24 pm


काठमाडौं,१७ मंसिर ।

नवलपुरका राष्ट्रिय कृषि सैनिक अभियानकर्ता विष्णु भट्टले कृषि सैनिक गठनको माग गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्र बुझाउँदै भट्टले माटोमा ‘सुन’ फलाउने अनि पाखा पर्वतहरुमा ‘हिरा’ फलाई देशलाई स्वर्णिम युगमा प्रवेश गराउने लक्ष्यका लागि एउटा राष्ट्रव्यापि राष्ट्रिय कृषि सैनिक गठनको माग गरेका छन् ।

उनले यसको अवधारणाका साथै विस्तृत योजना सहितको कृषि सैनिकबारे अवगत गराउन आफू तयार रहेको समेत बताएका छन् । भट्टले भनेका छन्, “राष्ट्रियाको रक्षा गर्ने नेपाली सेनाजस्तै हरेक वातावरण र हावापानीमा अनेकौं अमृत सामानका अन्न, फलफूल, तरकारी तथा संजिवनी सरहको औषधीय गुण भएका बालीको उत्पादन तथा अन्तराष्ट्रिय बजारमा असीमित आपूर्तिका लागि कृषि क्षेत्रमा आमूल परिवर्तनको जरुरी छ ।”

कृषि सेनाको माग गर्ने भट्टले सरकारी अनुदान विना १२ विगाहामा उन्नत जातका घास लगाएर त्येको वेर्ना वितरण गरिरहेको बताएका छन् । आफूले ६५ जिल्लामा घास वितरण गरिरहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !