२० आश्विन २०८१, आइतबार

पछिल्लो २४ घण्टामा १,३४३ जना कोरोना संक्रमित थपिए,सकृय संक्रमित संख्या घट्दो

प्रकाशित मिति :  3 December, 2020 6:58 pm


काठमाडौं,१८ मंसिर ।

पछिल्लो २४ घण्टामा १,३४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२८७ परीक्षण गर्दा १,३४३ जना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २,३७,५८९ पुगेको छ । पछिल्लो २४ घण्टामा २,१११ जना निको भएका छन् । यससँगै २,२०,२७२ जना संक्रमणमुक्त भएको छन् भने १,५५१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाएको छ । देशभर सकृया संक्रमितको संख्या १५,७६६  छ ।

कुन जिल्लामा कति ?

काठमाडौंमा ४५५, मोरङमा १२८, ललितपुरमा ८०, कास्कीमा ६९, झापामा ६७, सुनसरीमा ५६, रुपन्देहीमा ४१, दाङमा ४०, चितवनमा ३२, बाँकेमा २७ र भक्तपुरमा २६ जना कोरोना संक्रमित थपिएका छन् ।

तनहुँमा १९, लमजुङमा १७, संखुवासभा र सप्तरीमा १५/१५, धनुषा, मकवानपुर र बर्दियामा १४/१४, पाल्पामा १३, बाग्लुङ, रसुवा, नवलपरासी पश्चिम र नुवाकोटमा १२/१२, स्याङ्जा र अछाममा ११/११ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ् छ ।

गोरखामा ९, कैलाली, धादिङ र सिराहामा ८/८, जुम्लामा ७, इलाम, डोटी,सर्लाही, र अर्घाखाँचीमा ५/५,रुकुम पश्चिम, बारा, बझाङ, पर्सा, उदयपुर, र दोलखामा ४/४ जना संक्रमित थपिएका छन् ।

पर्वतमा ३, धनकुटा, म्याग्दी, बैतडी, कञ्चनपुर,कपिलवस्तु, सिन्धुपाल्चोक, भोजपुर, र गुल्मीमा २/२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै ताप्लेजुङ, महोत्तरी, प्यूठान, खोटाङ, दैलेख, पाँचथर, सुर्खेत, रोल्पा, रुकुम पूर्व, कालीकोटमा १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्मा छ ।



प्रतिक्रिया दिनुहोस !