२० आश्विन २०८१, आइतबार

रोल्पाको त्रिवेणी गाउँपालिकामा कोभिड-१९ अस्थायी अस्पताल सञ्चालनमा

प्रकाशित मिति :  3 December, 2020 9:02 pm


रोल्पा,१८ मंसिर ।

रोल्पाको त्रिवेणी गाउँपालिकामा कोभिड-१९ को अस्थायी अस्पताल उद्घाटन भएको छ ।

संघीय सरकारले सरकारले कोभिड १९ महामारी व्यवस्थापन गर्न प्रत्येक स्थानीय तहमा तत्काल ५शैय्याको अस्पतालबाट सेवा शुरु गर्ने उद्देश्य अनुरुप त्रिवेणी गाउँपालिकामा पनि अस्पताल सञ्चालनमा ल्याईएको हो ।

स्थानीय तहमा रहेका आधारभूत स्वास्थ सेवा केन्द्र तथा नेर्पा स्वास्थ चौकीमा रहेको तहरामा तत्काल कोभिड -१९का बिरामीहरुको उपचार व्वस्थापनको लागि आज गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले अस्पतालको उद्घाटन गरेका हुन् । उपचारका लागि खटिएका डाक्टर हेमन्त खड्कालाई फुलमाला र अबिर लगाएर गाउँपालिकाले स्वागत समेत गरेको छ।

उदघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले कोभिड-१९को महामारी प्रायःसबै जिल्ला र स्थानीय तहहरुमा प्रभावित रहेको भन्दै त्रिवेणी गाउँपालिका पनि जोखिममा रहेको बताए ।

उनले भने,”हाम्रो गाउँपालिकामा पनि कोरोना संक्रमित फैलिने क्रम अझै बढिरहेकाले संक्रमित विरामीहरुलाई राख्न राख्न अस्पताल आवश्यक भएकाले संघीय सरकारको १० लाख रुपैयाँ बिनियोजित रकमको सहयोग मार्फत यस गाउँपालिकामा ५बेडको अस्पताल सञ्चालनमा ल्याएका छौं ।”

अस्पतालमा डाक्टर आएकोमा समेत खुशी व्यक्त गर्दै अध्यक्ष ओलीले बिहान ७बजे देखि बेलुका ७बजेसम्म स्वास्थ्य सेवा प्रदान गरिने जानकारी गराए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले नेपाल सरकारको घोषित नीति कार्यक्रमले प्रत्येक स्थानीय तहमा ५शैय्याको अस्पताल निर्माण गर्ने कार्यक्रम ल्याएकाले सोहि बमोजिम कोरोना अस्पताल निर्माण भएको बताए । उनले अब त्रिवेणी गाउँपालिकाका वासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !